चोरी मुद्दाका फरार अभियुक्त पक्राउ
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। सुमन भनिने एकादशी प्याठ आज पक्राउ परेका हुन्।
भक्तपुर नगरपालिका- ९ कमलबिनायक बस्ने ३९ वर्षीय सुमनलाई आज प्रहरीले प्रक्राउ गरेको हो। नकबजनी चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७६ माघ २७ गते ११ हजार जरिवाना फैसला गरिएको थियो।
फैसलापछि फरार रहेका उनलाई भक्तपुर प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो।