कहिलेसम्म लगातार वर्षा हुन्छ?

कहिलेसम्म लगातार वर्षा हुन्छ?

दुई दिनदेखि लगातार झरी लागिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्युन चापीय रेखा तराई नजिक छ र, अझै केही दिन देशभरि वर्षा हुनेछ। 

आगामी २४ घण्टामा देशभरि वर्षाको सम्भावना भएको भन्दै विभागले सचेत पनि गराएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश नम्बर १, २, बागमती प्रदेश गण्डकी प्रदेश, प्रदेश ५ सुदुरपश्चिम प्रदेशका थोरै स्थानका साथै कर्णाली प्रदेश तथा सुदुरपश्चिमका धेरै स्थानमा भारी वर्षा हुनेछ। 

आगामी तीन दिनको मौसम-

मंगलबार

दिउँसोः देशका धेरै स्थानमा  वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै   सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति :  केही ठाउँमा हल्का र केही ठाउँमा भारी वर्षा हुने। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै  सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधबार

दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति :  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका केहि स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबार

दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति :  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी  प्रदेश तथा प्रदेश ५ को थोरै स्थानहरुमा  र बागमति प्रदेशको एक वा दुई भारी वर्षाको समेत सम्भावना छ।
 


Leave a Reply

Your email address will not be published.