भरतपुरको स्वास्थ्य भवन डुबानमा

भरतपुरको स्वास्थ्य भवन डुबानमा

नारायणीमा आएको बाढीले भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाको भवन डुवानमा परेको छ। 

नारायणगढको पुलचोक स्थित नारायणी नदी किनारमा रहेको भवनको भुई तला पूरै डुबेको भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिपक सुवेदीले जानकारी दिए। 

बाढीका कारण औषधी र महत्वपुर्ण कागजातहरुको सुरक्षामा समेत समस्या भएको सुवेदीले बताए। 

‘नारायणीमा पानीको बहाव बढिरहँदा आफ्नो ज्यानको ज्यानको जोखिम त छर्दैछ ३३ वटा स्वास्थ्य संस्थाहरुका लागि बर्षभरिलाई पु¥याउने औषधी र महत्वपुर्ण कागजजातहरुको सुरक्षाको चिन्ता बढेको छ’ उनले भने।

महानगरको स्वास्थ्य शाखाको भवनको भुईत्लामा पाँच टोलविकास संस्थाको कार्यालय रहेको थियो। माथिल्लो तलामा स्वास्थ्य शाखाको अफिस रहेको छ। त्यहाँ औषधी सहित महत्वपुर्ण कागजपत्र राखिने गरिएको छ।
 


Leave a Reply

Your email address will not be published.