ट्रम्पले भने- म भन्दा ठूलो ‘देशभक्त’ काेही छैन 

ट्रम्पले भने- म भन्दा ठूलो ‘देशभक्त’ काेही छैन 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई  सबैभन्दा ठूलो देशभक्त भएको बताएका छन्।

‘हामी अदृश्य चिनियाँ भाइरसलाई हराउन एकजुट छौं, कसैले सामाजिक दुरी कायम गर्न नसकिने भए मास्क लगाउनुलाई देशभक्तको काम भएको बताइरहेका छन्, त्यसैले म भन्दा ठूलो देशभक्त कोही छैन’ ट्वीट गर्दै ट्रम्पले भनेका छन् ‘तपाईंलाई मनपर्ने राष्ट्रपति!’ 

सुरुदेखि नै मास्क नलगाएका ट्रम्प साताअघिदेखि मास्कमा देखिन थालेका छन्। तर, उनले आम नागरिकलाई मास्क लगाउनका लागि अपिल गर्न भने अस्विकार गरिरहेका छन्। 

सोमबार मास्क लगाएको तस्बिर सार्वजनिक गर्दै ट्रम्पले कोरोना भाइरसलाई अदृश्य चिनियाँ भाइरस भनेर निशाना साँधेका हुन्।

 


Leave a Reply

Your email address will not be published.