विपदमा तुलसीपुरको सतर्कता, ‘समस्या भए फोन गर्नुहोस्’

विपदमा तुलसीपुरको सतर्कता, ‘समस्या भए फोन गर्नुहोस्’

भारी वर्षासँगै आउन सक्ने सम्भावित जोखिम मध्यनजर गरेर तुलसीपुर उपमहानगरपालिकाले सतर्कता अपनाएको छ। 

विपद् व्वस्थापन समितिका संयोजक नवराज लामिछानेका अनुसार बाढीको सम्भावित जोखिम मध्यनजर गरेर सम्बन्धित सबैलाई सचेत बनाइएको छ। ‘बाढी आइसकेको अवस्थामा के गर्ने भन्ने बारेमा हामीले सबै तयारी गरेका छौं,’ उनले भने। 

बाढीको सम्भावित जोखिममा भएका मानिसलाई तत्काल सुरक्षित स्थानमा जानसमेत उनले अनुरोध गरे। ‘कसैलाई सुरक्षित स्थान उपलब्ध नभएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ,’ उनले भने। विपद्को जोखिममा परेकालाई कहाँ राख्ने भन्न हामीले केही सुरक्षित स्थानको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

उपमहानगरपालिकाले विपद् व्यवस्थापनका लागि १९ वटै वडामा विपद् व्यवस्थापन समिति वनाएको समेत उनले बताए। ‘वडाध्यक्षको संयोजकत्वमा समिति पनि छ र विपद् सम्बन्धी बजेट पनि छ यसकारण धेरै समस्या वडाबाटै समाधान हुन्छ,’ संयोजक लामिछानेले भने।

उनका अनुसार उपमहानगरमा विभिन्न क्षेत्रमा विपद् जोखिम नक्सांकनसमेत गरिएको भन्दै तत्काल उद्दारका लागि प्रहरी र आर्मीलाई पनि परिचालन गर्न सकिने गरी काम अगाडि बढेको छ।

पानीले कुलोको बाँध भत्काएको, केही घरभित्र पसेको लगायतका समस्या आएकाले त्यस्ता समस्याको तत्काल समाधान गरिएको पनि उनले जानकारी दिए। 

कुनै पनि ठाउँमा विपद्को जोखिम आएको विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने ९८५७८२१०९१, नगर प्रमुख सचिवालय ९८५७८२३८८५, विपद् शाखा प्रमुख भीमप्रकाश खत्री ९८४१४७१०३६, सूचना अधिकारी बाबुराम न्यौपाने ९८५७८२५३०७  र टोल फ्रि नम्बर १६६०८२५२००० मा सम्पर्क गर्न सकिने उपमहानगरपालिका विपद् शाखाले जनाएको छ।

शाखाका अनुसार सम्बन्धित वडाध्यक्ष या जनप्रतिनिधिलाई पनि सम्पर्क गर्न सकिने जनाएको छ। 
 


Leave a Reply

Your email address will not be published.