नेकपा स्थायी समिति बैठक १ बजे सारियो
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक दिउँसो १ बजेका लागि सारिएको छ।
आइतबार बैठक स्थगित भएर आज ११ बजेका लागि बोलाइएको थियो।
त्यसका लागि बिहानैदेखि शीर्षनेताहरुबीच भेटघाट चलिरहेको छ।
यसअघि शनिबार बसेको सचिबालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेका थिए।