उपमहानगरमै फोहर थुपारेर विराेध

उपमहानगरमै फोहर थुपारेर विराेध

जनकपुरका युवाले उपमहानगरपालिका कार्यालय अगाडी फोहर थुपारेर विरोध जनाएका छन्। 

उपमहानगरपालिका कार्यालयले व्यवस्थापनतर्फ चासो नदिएको भन्दै कार्यालयको प्रवेशद्वारमा फोहर फ्यालेर युवाहरुले विरोध जनाएका हुन्। 

मंगलबार बिहान जानकी मन्दिर, राम मन्दिर वरिपरी क्षेत्रमा थुप्रिएका फोहर ट्याक्टरमा उठाउन लगाएर उनीहरुले उपमहानगरपालिका कार्यालय प्रवेशद्वार नजिक फोहर थुपारिदिएका हुन्।

उपमहानगरपालिकाले व्यवस्थापन गर्न नसक्दा करिब दुई सातादेखि जनकपुरमा फोहोर उठ्न सकेको छैन्। मुख्य सडकसहित भित्री बस्तीहरुमा फोहोर व्यवस्थापन नहुँदा सहर दुर्गन्धित बनेको छ। 

उपमहानगरपालिकाले व्यवस्थापनतर्फ चासो नदिँदा विरोधस्वरुप आफूहरुले मन्दिर वरिपरी रहेका फोहोर कार्यालयअगाडी फ्यालेको सुशील कर्णले बताए। 
फोहरले सहर नै दुर्गन्धित भइसकेको अवस्थामा पनि उपमहानगरपालिका कार्यालयले व्यवस्थापनतर्फ चासो नदेखाएको उनको भनाइ थियो।

एक दर्जनभन्दा बढी युवाहरुले स्वयं ट्याक्टर व्यवस्था गरी फोहोर उठाएको चन्दन रायले बताए। सहरभर फोहोर थुप्रिएपनि उपमहानगरलाई मतलब नरहेको उनले बताए। 

उपमहानगरले फोहोर व्यवस्थापनतर्फ चासो नदिएपछि यसअघि केही वडाध्यक्षहरुले आफ्नै पहलमा सरसफाइ गर्न लगाएका थिए। फोहोर फ्याल्ने ठाउँ नहुँदा व्यवस्थापनमा समस्या देखिएको उपमहानगरपालिकाको भनाइ छ। यसअघि फोहोर फ्यालिने गरिएको उपमहानगरपालिकाको बसविट्टीका स्थानीयवासीहरुले अवरोध गरेपछि व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ।

र, याे पनि

जनकपुरको फोहर कहाँ फाल्ने?

 


Leave a Reply

Your email address will not be published.