कांग्रेससँग समाजवादभन्दा अर्को विकल्प छैन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बिपी विचार र सिद्धान्त अनुसार नै अगाडि बढिरहेको बताएका छन् । बिपीको ३८औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले गरेको अनलाईन कार्यक्रममा देउवाले उक्त कुरा बताएका हुन्।
उनले पार्टी बिपीले स्थापित गरेको समाजवादको बाटोमा जानुको जानुको विकल्प नरहेको बताएका थिए।
बिपी देशको सच्चा राष्ट्रवादी नेता भएको देउवाले बताएका थिए। बिपीको विचारलाई सबैले अंगिकार गर्नुपर्ने उनको भनाइ थियो।
'समाजवाद र लोकतन्त्र उहाँको पहिलो शर्त थियो। उहाँ सिधान्तबाट कहिले बिचलित हुनु भएन', देउवाले भने, 'उहाँले पद नभए शिद्धान्तको राजनीति गर्नुभएको हो। त्यसैले उहाँ शिद्धान्तवादी राजनेता हो।'
देउवाले बिपीले साहित्यमा पुर्याएको योगदानको समेत चर्चा गरेका थिए। यसपटक कोरोना त्रासका कारण बिपी पुण्यतिथि भव्यताका साथ मनाउन नपाएकोमा उनले दु:ख व्यक्त गरेका छन्।