नेकपा स्थायी समिति बैठक फेरि सर्याे
नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक स्थगित भएको छ। दुई अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी ओलीको आपसी समझदारीमा बैठक स्थगित भएको हो।
अब स्थायी समिति बैठक साउन १३ गते बस्ने दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए। ‘बाढीपहिरोको उद्धार तथा राहतमा जुट्न दुई अध्यक्षबीच सहमतिअनुसार बैठक स्थगित भएको हो,’ सापकोटाले भने। मंगलबार बिहान ११ बजे बैठक बोलाइएकोमा १ बजे सारिएको थियो।
तर, अचानक फेरि बैठक सारिएको हो। दुई अध्यक्ष दाहाल र ओलीबीच पार्टी महाधिवेशनमा जाने सहमति भइसकेको स्रोतको दाबी छ।
तर, सो सहमति औपचारिक रुपमा बाहिर आएको छैन। आगामी महाधिवेशनमा दाहाललाई अध्यक्ष निर्वाचित गराउने, सरकारमा मन्त्री हेरफेर गर्ने सर्तमा हाललाई दाहालले ओलीको राजीनामा नमाग्ने सहमति भएको दाबी गरिएको छ।