चन्द्रपुरमा खहरे खोलाले बगाउँदा एकजना बेपत्ता
रौतहटको चन्द्रपुर नगरपालिका-३ गैंडाटारमा खहरे खोलाले बगाउँदा एकजना बेपत्ता भएको छ।
गैंडाटारस्थित जीवनज्योति बोर्डिङ स्कलसँगै रहने खहरे खोलामा पानीको बहाव बढेपछि घर डुबानमा परेकाले सोही खहरेको पानी थुनछेक गर्ने क्रममा खोलाले बगाएको वडाध्यक्ष बोझनाथ देवकोटाले जानकारी दिएका छन्।
स्थानीय अन्दाजी ५० वर्षीय सुकमान थिङलाई सो खहरे खोलले बगाएपछि स्थानीय तथा प्रहरीले थिङको खोजी तीव्र रूपमा गरिरहेको छ।
तर हालसम्म थिङको अवस्थाबारे केही पत्ता लाग्न सकेको छैन। सो खहरे खोलामा चाँदी नदीको पानी सिँचाइ प्रयोजनका लागी गैंडाटारबासी बाँध बाँधेर ल्याउने गरेका छन्।