गणेशमान राष्ट्रिय खुला बक्सिङ प्रतियाेगिता रद्द

गणेशमान राष्ट्रिय खुला बक्सिङ प्रतियाेगिता रद्द

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता यस वर्षका रद्द गरिएको छ । 

गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनले आयोजना गर्दै आएको प्रतियोगिता गत चैत १८ देखि २२ सम्म काठमाडौंमा हुने तय भएको थियो । 

त्यसका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिता भइसकेको अवस्थामा कोरोना कहरका कारण प्रतियोगिता स्थगित गरिएको थियो । 

कोरोना भाइरसको महामारीलगायत प्रतिकूल परिस्थिति र राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष समाप्त भएकाले प्रतियोगिताको नाममा निकासा भएको रकम फिर्ता गर्न ताकेता गरिएकाले प्रतियोगिता रद्द गरिएको फाउन्डेसनले जनाएको छ। 

उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिलालाई स्कुटी दिइने प्रतियोगिताका हरेक तौल समूहका खेलाडीले शीर्ष तीन स्थानका विजेताले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गर्ने जनाइएको थियो । 

फाउन्डेसनअन्तर्गत खेलकुद विभागका संयोजक सन्जीव तुलाधरले मंगलबार विज्ञप्ति जारी गर्दै देशको प्रतिकूल परिस्थितका कारण यस वर्ष प्रतियोगिता गर्न नसकिएको र त्यसबाट सम्बन्धित खेलाडी र खेलकर्मीमा पर्न गएको असुविधाका कारण आयोजक क्षमाप्रार्थी रहेका जनाएका छन् ।


Leave a Reply

Your email address will not be published.