फेरि बढ्यो सुनको भाउ, चाँदीकाे मू‍ल्य पनि उच्च

फेरि बढ्यो सुनको भाउ, चाँदीकाे मू‍ल्य पनि उच्च

नेपालमा सुनको भाउ फेरि बढेको छ।

सोमबार सुनको भाउमा दुई सयले गिरावट आएकोमा मंगलबार प्रतितोला ९२ हजार सात सयमा किनबेच भएको छ। जबकि सुनको भाउ सोमबार प्रतितोला ९२ हजार तीन सय थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १८१७.७४ डलरमा किनबेच भएको छ। 

चाँदीको भाउ पनि बढेको छ। मंगलबार चाँदीमा प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ४० रुपैयाँमा किनबेच भएको छ।  सोमबार चाँदी प्रतितोला एक हजार रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार चाँदी प्रतिऔंस २०.२७ डलरमा कारोबार भएको छ।

 


Leave a Reply

Your email address will not be published.