कर्णालीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

कर्णालीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा मंगलबार भएको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा दैलेखका १० जना र सल्यानका दुईजना रहेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी गराए।

यो सँगै कर्णालीमा कोरोना भाइरस संक्रमण हुनेको संख्या १ हजार ७ सय ६१ पुगेको छ ।

यसका साथै मंगलबार प्रदेश अस्पतालको आइसोलेसन सेन्टरबाट १२ पुरुष र २ महिला डिस्चार्ज भएका छन्।

कर्णालीमा संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय ३३ जना रहेको छ।

मंगलबार ४ सय ४ जनाको कोरोना परीक्षण भएको थियो, जसमध्ये १२ जनामा संक्रमणको पुष्टि भएको हो।

हालसम्म कर्णालीमा कुल ३७ हजार ९ सय ३७ जनामा संक्रमण अवस्थाबारे परीक्षण भइसकेको छ ।


Leave a Reply

Your email address will not be published.