जुम्लामा नेकपाको ‘समानान्तर’ कमिटी

जुम्लामा नेकपाको ‘समानान्तर’ कमिटी

जुम्लाको तातोपानी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समानान्तर कमिटी गठन भएको छ।

२०७६ फागुन २२ को जिल्ला कमिटी बैठकले एक नगर र सात गाउँपालिका कमिटी गठन गरेको थियो। तर गठन प्रक्रियामा असन्तुष्टि व्यक्त गर्दै नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको भेलाले साउन ३ गते अमृत सार्कीको अध्यक्षता र पूर्ण पाण्डे सचिव रहेको समानान्तर कमिटी गठन गरेको छ।

तातोपानी गाउँपालिकामा अध्यक्ष पूर्णप्रसाद धिताल र सचिव लालबहादुर विष्ट रहेको अर्को कमिटी छ। अमृत सार्कीको अध्यक्षतामा अहिले समानान्तर  कमिटी गठन भएको हो।

समानान्तर कमिटी गठन भएपछि नेकपा जुम्लाका जिल्ला कमिटी अध्यक्ष वीरबहादुर कुँवरले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको विधान विपरीत भएका गतिविधिमाथि कारबाही गरिने जनाएका छन्। 

गठित समानान्तर कमिटीमा रहेका पदाधिकारीलाई कारबाहीका लागि प्रदेश कमिटीसमक्ष सिफारिस गरिने जनाइएको छ।

कमिटीका अध्यक्ष सार्कीले भने गत वर्ष भदौमा पार्टीले आफूलाई अध्यक्ष बनाएको पत्र पठाएको तर आफूलाई हटाई अन्य व्यक्तिलाई अध्यक्ष बनाइएको जिकिर गरे।

स्थतानीय स्तरमा भएको उक्त क्रियाकलाप अवैधानिक भएको आरोप लगाउँदै उनले पार्टीका स्थानीय नेताहरूले नै समानान्तर कमिटी गठन गर्नुपर्ने बाध्यता रहेको उनको धारणा छ।

स्थानीय तहको पार्टीलाई पूर्णता दिन ७५ सदस्यीय नयाँ कमिटी गठन गरिएको उनले जानकारी दिए। 

यता पार्टीका जिल्ला अध्यक्ष कुँवरले अमृत सार्कीलाई जिल्ला कमिटी र पातारासीको रामबहादुर बुढालाई सल्लाहकार समितिका लिइएको प्रष्ट पारे।

यस्ता किसिमका गतिविधिले पार्टी, संगठन, आम जनता, कार्यकर्ता कसैको पनि हित नहुने अध्यक्ष कुवँरले बताए । उनले भने, ‘पार्टीका तल्ला कमिटी विस्तारका विषयमा सहमति र सहकार्यकै आधारमा गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले लामो समय गुजारेकै हो ।’

समान्नातर कमिटीले केही समय पहिले स्थानीय तहको कमिटी विस्तारप्रति विरोध जनाएको थियो। पार्टीको विधि विधानविपरीत स्थानीय तहका कमिटी विस्तार गरेको उनीहरूको आरोप छ।


Leave a Reply

Your email address will not be published.