बिहीबारदेखि सार्वजनिक यातायात चलाउने घोषणा
सरकारसँगको सहमति अनुसार बिहीबारदेखि सार्वजनिक यातायात चल्ने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार तिनकुनेमा संयुक्त पत्रकार सम्मेलन गरेर देशैभर सार्वजनिक यातायात सञ्चालनको घोषणा गरेका हुन्।
सरकार र यातायात व्यवसायीबीच मजदुरको कारोना बीमा गर्ने सहमति जुटेपछि गाडी खुल्न लागेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यका अनुसार सरकार र यातायात व्यवासीयले मजुदरको कोरोना बीमाका लागि ५०-५० प्रतिशत प्रमियम तिर्नेछन्।
सरकारले गत असार २३ गते नै छोटो दुरीका सार्वजनिक यातायात चलाउने निर्णय गरेपनि व्यवसायीहरुले मानेका थिएनन्। यद्यपि काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा केही व्यवसायीहरुले गाडी चलाइरहेका छन्।