बहुविवाहका फरार अभियुक्त पक्राउ 

बहुविवाहका फरार अभियुक्त पक्राउ 

बहुविवाह मुद्दाका फरार अभियुक्त सविन प्रजापति पक्राउ परेका छन्। भक्तपुर नगरपालिका वडा नं ९ तौलाछे बस्ने २७ वर्षीय सविनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

बहुविवाह मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७२ जेठ २ गते १ वर्ष ५ महिना १० दिन कैद र १५ हजार जरिवाना फैसला गरिएको थियो। 

फैसलापछि फरार रहेका उनलाई भक्तपुर प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। 
 


Leave a Reply

Your email address will not be published.