पहिरोमा पुरिएर टोखामा जुम्ल्याहा बालबालिकाकाे मृत्यु 

पहिरोमा पुरिएर टोखामा जुम्ल्याहा बालबालिकाकाे मृत्यु 

काठमाडौंको टोखा नगरपालिका-१ तासीडाँडामा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार तीन वर्षका जुम्ल्याहा सचिन रानामगर र सन्ध्या रानामगरको मृत्यु भएको हो। 

मंगलबार करिब १२ बजे मजदुरहरू खाना खान बसेको टहरो पहिरोमा परेको थियो।

‘माथिबाट बलौटे माटोको पहिरो खस्दा टहरो पुरिएको थियो,’ महानगरीय प्रहरी बृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक रोशन खड्काले भने। 

खड्काका अनुसार टहरोमा एक दर्जन व्यक्ति खाना खान बसेका थिए। अरू भाग्न सफल भए पनि दुई बालबालिका भने पुरिएको खड्काले बताए। 

धनकुटा भीरगाउँका राजकुमार रानामगर सोही टहरोनजिक काम गर्थे। सँगै रहेका छोराछोरीसँग खाना खाँदा पहिरो खसेका थियो। 

उनी सडक मजदुर हुन्। उनी पहिरो खसेकै नजिक टहरोमा बस्थे। 

दुवैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।


Leave a Reply

Your email address will not be published.