६६ औं पटक रक्तदान गर्ने शाक्य सम्मानित

६६ औं पटक रक्तदान गर्ने शाक्य सम्मानित

वीरेन्द्रनगरका प्रवासकुमार शाक्य सम्मानित भएका छन्। सर्वाधिक रक्तदान गर्ने शाक्यलाई सुर्खेत महिला जेसिजले सम्मान गरेको हो। 

महिला जेसिजद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा शाक्यलाई सम्मान गरिएको हो। शाक्यले हालसम्म ६६औं पटक रक्तदान गरिसकेका छन्। कर्णालीमा नियमित रक्तदान गरिरहेका नागरिकमध्ये शाक्य धेरैपल्टका रक्तदाता गनिन्छन्।

शाक्यलाई सम्मान गर्दै सुर्खेत महिला जेसिज (२०२०) की अध्यक्ष प्रमी शाक्य (खड्का) ले रक्तदान जस्तो पवित्र पुण्यकार्यमा लाग्न सम्पूर्ण युवालाई अनुरोध गरिन्।

उनले भनिन्, ‘रक्तदान जीवनदान हो। एक पिन्ट रगतले पनि कसैको जीवन बचाउन सक्छ। रक्तदान गर्न डराउने व्यक्तिहरूका लागि पनि शाक्य अभियन्ता बन्नुभएको छ।’

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले रक्तदान गरेर रगत संकलन कार्य सुरु भएको थियो। रक्तदान कार्यक्रममा दुई महिलासहित २१ जनाले रक्तदान गरेको सुर्खेत महिला जेसिज (२०२०) की महासचिव मनीषा कौशलले जानकारी दिइन्।

कार्यक्रममा सुर्खेत महिला जेसिज वर्ष २०१५ की अध्यक्ष सुष्मा गिरी, वीरेन्द्रनगर जेसिज वर्ष २०१२ का अध्यक्ष भद्र भण्डारीलगायतले शुभकामना मन्तव्य दिएका थिए।


Leave a Reply

Your email address will not be published.