एक सय १ सय ५० संक्रमित थपिए, ६ सय ९ जना निको भए

एक सय १ सय ५० संक्रमित थपिए, ६ सय ९ जना निको भए

नेपालमा मगंलबार १५० थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय ९ जना निको भएपछि डिस्चार्ज भएका छन्। योसँगै कोरोना संक्रमण निको हुनेहरु १२ हजार ४ सय ७७ पुगेका छन्।

कुल संक्रमित मध्ये ६९.३४ प्रतिशत निको भएका छन्। हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना संक्रमण पुष्टि गरे। 

देशभर ५ हजार ४ सय ७७ संक्रमित आइसोलेसन कक्षमा उपचाररत गराइरहेका छन्। 

मगंलबार पुष्टि भएका सँगै देशभर १७ हजार ९ सय ९४ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार २७ वटा प्रयोगशलामा आइतबार ३ हजार ९ सय ६३ नुमना परीक्षण भएको छ। देशभरका क्वारेन्टाइनमा अब २१ हजार ७ सय ४ जना छन्। 
 


Leave a Reply

Your email address will not be published.