नबिल बैंकका २० लाख थान ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकृत

नबिल बैंकका २० लाख थान ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकृत

नबिल बैंकको २० लाख थान ऋणपत्र स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

ऋणपत्र सूचीकरण सम्झौतापत्रमा स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका हुन्।

नेपाल स्टक एक्सचेन्ज र नबिल बैंकबीच प्रतिऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको छ। जसअन्तर्गत २० लाख  नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकृत भएको हो।

कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २० लाख थान नबिल डिबेन्चर २०८२ सर्वसाधारणका लागि खुला गरेको थियो।  

नबिलले एक सय १८ शाखा कार्यालय, एक सय ७५ एटीएम र १५ सय भन्दाबढी नबिल रेमिट एजेन्टमार्फत् सेवा दिइरहेको छ।
 
 
 


Leave a Reply

Your email address will not be published.