नेपालकाे काेराेना अपडेट(ग्राफिक्स)
नेपालमा मगंलबार १५० थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय ९ जना निको भएपछि डिस्चार्ज भएका छन्। योसँगै कोरोना संक्रमण निको हुनेहरु १२ हजार ४ सय ७७ पुगेका छन्।
कुल संक्रमित मध्ये ६९.३४ प्रतिशत निको भएका छन्। हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना संक्रमण पुष्टि गरे।
ग्राफिक्स स्राेत- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय