आइसोलेसन भवन निर्माण अन्तिम चरणमा

आइसोलेसन भवन निर्माण अन्तिम चरणमा

दैलेखको महाबु गाउँपालिकामा निर्माणाधीन आइसोलेसन भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 

कोरोना भाइरस संक्रमितलाई राख्नका लागि निर्माण थालिएको भवनको ९५ प्रतिशत काम सकिसकेको जनाइएको छ।

३० बेड क्षमताको उक्त भवन गाउँपालिकाले ५६ लाख रुपैयाँ लागतमा निर्माण कार्य थालेको हो। 

गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले भने, ‘कोरोना संक्रमित व्यक्तिको उपचारमा सहजता ल्याउन गाउँपालिकाले विभिन्न शीर्षकबाट रकमान्तर गरी आइसोलेसन भवन निर्माण गर्न लागेको हो।’

विपदको समय भएकाले टेण्डर प्रक्रियाबाट ढिलाइ हुने हुँदा उपभोक्ता समितिमार्फत छिटो भवन निर्माण भएको अध्यक्ष शाहीले बताए।

भवन निर्माण कार्य एक साताभित्रै सकेर गाउँपालिकालाई हस्तान्तरण गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर सिंहले जानकारी दिए।

हालसम्म दैलेखमा ८ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।
 


Leave a Reply

Your email address will not be published.