भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्ने मन्त्रिपरिषद्को निर्णय, परीक्षा सञ्चालनकाे बाटाे खुल्याे

भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्ने मन्त्रिपरिषद्को निर्णय, परीक्षा सञ्चालनकाे बाटाे खुल्याे

सरकारले आगामी भदौ १ गतेदेखि विद्यालयमा भर्ना आह्वान गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यालयमा भर्ना खोल्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले पठनपाठन भने सुरु नहुने बताए।

 स्कूल, कलेज तथा शिक्षण सिकाईसम्बन्धी गतिविधिलाई बन्द निर्णय कायमै राखिएको छ।    

सरकारले यसअघि हुन नसकेका परीक्षा सञ्चालनकाे लागि बाटाे खाेलिदिएकाे छ।

यसैगरी सरकारले भदौ १ गतेबाट हवाइ उडाउन सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेल प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ। 

होटल रेस्टुरेन्‍ट साउन १५ गतेबाट सञ्चालन हुनेछन्। तर सामुहिक भोज पार्टी आयोजना गर्न पाइने छैन।

सरकारले भदाै १ गतेबाट लामाे दूरीका गाडी समेत चलाउने निर्णय गरेकाे छ।

कोरोना संक्रमण जोखिम घटेर अन्य अवस्था सहज भएको अवस्थामा यी सेवा संचालनका लागि तयारी स्वारुप यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।


Leave a Reply

Your email address will not be published.