सरकारले गर्याे लकडाउन अन्त्यकाे घाेषणा
सरकारले लकडाउन अन्त्यकाे घाेषणा गरेकाे छ।
मन्त्रिपरिषद्काे साेमबारकाे बैठकले मंगलबार मध्यरातिदेखि लागू हुने गरी लकडाउन अन्त्यकाे निर्णय गरेकाे हाे।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा युवराज खतिवडाले लकडाउन अन्त्य भए पनि काेराेनाकाे संक्रमणबाट बच्न आवश्यक रणनीति अपनाइने बताए।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेकाे थियाे।
अब सबै सेवामा मास्कको प्रयोग, भौतिक दूरी र सेनिटाइजेसनसम्बन्धी मापदण्ड पूरा गरेर सेवा क्रमशः खोलिने सरकारले जनाएको छ।