नेपालगन्जमा विप्लव समूहका कार्यकर्ता पक्राउ
नेपालगन्जको राँझाबाट विप्लव समूहका सैन्य कमाण्डर चित्रबहादुर बिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
समूहका भेरी कर्णाली न्याय प्रमुख एवं पूर्व सैन्य कमाण्डर विक र उनका सहयोगी सुरेश राउतलाई पक्राउ परेका हुन्।
नेपालगन्ज स्थित राँझा एयरपोर्टबाट चन्दा असुली गर्दै आएको आरोपमा विप्लवका पूर्व सैन्य कमाण्डर विक र कार्यकर्ता राउतलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी सुभाष खड्काले बताए।
‘चन्दा असुली गरिरहेको अवस्थामा राझाँबाट पक्राउ गरेका हौं’ उनले भने।