अब हजारको नयाँ नोटमा जुम्ल्याहा हात्ती

अब हजारको नयाँ नोटमा जुम्ल्याहा हात्ती

नेपाल राष्ट्र बैंकले भोलिदेखि एक हजार रुपैयाँको नयाँ नोट निस्काशन गर्दैछ।

एक हजारको साविकको नोटमा एउटा मात्र हात्तीको चित्र छ। तर, भोलि बुधबारदेखि चलनचल्तीमा आउने एक हजारको नोटमा ‘राम–लक्ष्मण’ भनिने जुम्ल्याहा दुइटा हात्तीको चित्र अंकित रहनेछ। यी हात्ती चितवन राष्ट्रिय निकुञ्जका हुन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि चलनचल्तीमा आउने एक हजारको नोटमा ‘संकेत नम्बर ज/६८०००००१ देखि ट/१००९९९९९९सम्म रहेको छ। 

नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ, भने दायाँतर्फ ४.०० मिलिमिटर चौडाइ भएको  चलायमान हुने तथा एनआरबी र एक हजार अंकित भएको सुरक्षण धागो हुनेछ।

राष्ट्र बैंकले बजारमा रहेका झुत्रा नोट खिचेर तिनको साटो नयाँ नोट सर्कुलर  गर्दछ।

 


Leave a Reply

Your email address will not be published.