ट्रम्पले बल्ल भने, ‘मास्क लगाउनुस्’

ट्रम्पले बल्ल भने, ‘मास्क लगाउनुस्’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण अझै भयावह हुने बताएका छन्। 

मंगलबार ह्वाइट हाउसमा नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो बताएका हुन्।

कोरोना भाइरसको महामारी समाप्त हुनुभन्दाअघि भयावह अवस्था सिर्जना हुने भन्दै उनले सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरेका छन्।

यद्यपि उनी आफैले सुरुमा मास्क बहिस्कार गर्दै आएका थिए। अघिल्लो सातामात्रै मास्क लगाएका ट्रम्पले सर्वसाधारणलाई मास्क लगाउन अपिल गर्न भने अस्विकार गर्दै आएका थिए। 

‘दुर्भाग्य यो महामारी समाप्त हुनुभन्दा अघि झन भयावह अवस्ता आउने छ, सामाजिक दुरी कायम गर्न सकिँदैन भने मास्क लगाउन सबैलाई आग्रह गर्दछु’ उनले भनेका छन्।

राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा आफूले भने मास्क लगाएका थिएनन्। उनी यसअघि मास्क लगाउने कुराको मजाक उडाउदै आएका थिए।
‘मास्क मन परे पनि नपरे पनि यसले फाइदा गर्छ’, ट्रम्पले भने,‘ सामाजिक दुरी कायम गर्न सकिदैन भने मास्क लगाउनुस् यसले फाइदा गर्छ।’
 


Leave a Reply

Your email address will not be published.