आजबाट त्रिविका क्याम्पस खुल्ने

आजबाट त्रिविका क्याम्पस खुल्ने

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू बुधबार(आज)बाट खुलेका छन्।

साउन ६ गते मध्यरातदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै त्रिविले सबै शिक्षक कर्मचारीहरुलाई हाजिर हुन भनेको हो। 

क्याम्पसहरु खुले पनि नियमित पठनपाठन र पुस्तकालय सञ्चालन भने नहुने त्रिविको रजिस्ट्रार कार्यालयले मंगलबार साँझ जारी गरेको सूचनामा उल्लेख  छ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकानरले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो। योसँगै विद्यालय कलेज बन्द गरी सबै

परीक्षा स्थगित गर्नुका साथै शिक्षक कर्मचारीलाई लकडाउनको अवधिभर विदा समेत दिइएको थियो।

सरकारले अगामी भदै १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published.