यूएईमा हाेला १३औं आइपिएल?

 यूएईमा हाेला १३औं आइपिएल?

काेराेना भाइरसकाे महामारी नहुँदाे हाे त इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट गत मार्चमै सुरु भइसक्थ्याे। लिग २९ मार्चबाट सुरु हुने पूर्वनिर्धारित कार्यक्रम थियाे।

तर काेराेनाले आइपिएलमात्र अनिश्चित बनाएन, अस्ट्रेलियामा अक्टाेबर-नाेभेम्बरका लागि तय भएकाे टी-२० विश्वकप पनि रद्द गरिएकाे थियाे।

अब आइपिएलकाे १३ औं संस्करण संयुक्त अरब  इमिरेट्स (यूएई) मा  हुनसक्ने आँकलन गरिएकाे छ। किनकि भारतमा काेराेना संक्रमण दर नियन्त्रणमा आउन सकेकाे छैन।

समाचार एजेन्सी एएनआई र पिटिआईका अनुसार आइपिएल काउन्सिलका अध्यक्ष वृजेश पटेलले कोरोनाका कारण आइपिएल आयोजना स्थगित गरिएकाे र अब यूएईमा हुनसक्ने बताएका छन्।

यसनिम्ति बिसिसिआईले सरकारसँग अनुमति मागेकाे छ। सरकारले सहमति दिएमा आईपीएल काउन्सिलकाे बैठकले अन्तिम निर्णय गर्नेछ।

काउन्सिलकाे बैठक आगामी सातालाई तय भएकाे छ।

यसअघि बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले खाली स्टेडियममा पनि आइपिएल आयाेजना गर्नेबारे विचार भइरहेकाे बताएका थिए।  तर उनकाे याे बाेलीकाे आलाेचना भएकाे थियाे।


Leave a Reply

Your email address will not be published.