पूर्वसांसद् बर्मन बुढाको निधन

पूर्वसांसद् बर्मन बुढाको निधन

पूर्वसांसद् बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ।  

रोल्पाको थबाङका बुढाको उपचारको क्रममा बुधबार बिहान साढे ४ बजे ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो।

विसं. १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका बुढामगर लामो समय कम्युनिष्ट आन्दोलनमा होमिए।  

थबाङको मुखिया, प्रधानपञ्च हुँदै उनी २०४८ मा रोल्पाको क्षेत्र नम्बर १ बाट तत्कालीन जनमोर्चाको तर्फबाट सांसदमा निर्वाचित भएका थिए। उनका ३ छोरा र ३ छोरी छन्।

गत एक वर्षदेखि पेटको क्यान्सरबाट पीडित बुढामगरलाई थप समस्या देखिएपछि केही दिन अघि मात्र पाटन अस्पतालमा भर्ना गरिएको थियो।

बुढाको पार्थिव शरिरलाई बुधबार नै काठमाडौंमा अन्त्यष्टी गरिने परिवारले जनाएको छ।

यसैबीच, बुढाको निधनप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुख व्यक्त गरेका छन्।

एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले मुक्तिकामी आन्दोलनका एक अभिभावक गुमाएको उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published.