बिरिङको बाढी गाउँ पस्यो, पाँच घरपरिवार विस्थापित
झापाको बिरीङ खोलामा आएको बाढी गाउँ पस्दा बाह्रदशी गाउँपालिका ७ का पाँच घरपरिवार विस्थापित भएका छन्।
मंगलबार राति बाढी पस्दा तुलसीबारीका षडानन्द गौतम, गोपाल गौतम, परदेशी चौधरी, सकालु चौधरी र मंलु चौधरीको परिवार विस्थापित भएका हुन्।
प्रहरीको सहयोगमा उद्धार गरिएका उनीहरुलाई छिमेकीको घरमा राखिएको को बाह्रदशी ७ का वडाध्यक्ष मित्र भट्टराईले जानकारी दिए ।