भारत तस्करी भइरहेकाे २० लाखकाे मदिरा जफत
भारततर्फ तस्करी भइरहेकाे २० लाख मूल्य बराबरकाे मदिरा धनुषाको कमला नगरपालिका-४ सघारा चोकबाट जफत गरिएकाे छ।
ज १ त ७८६९, ज १ त ९१०३, ज २ त ९३२ र ज १ त ४१६१ नम्बरको ट्याक्टरमा मदिरा तस्करी भइरहेकाेमा जिल्ला प्रहरी कार्यालय धनुषाले जफत गरेकाे हाे।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीका अनुसार ट्याक्टरसहित मदिराको मूल्य २० लाख ८७ हजार ५ सय रहेको छ।
नियन्त्रणमा लिइएको मदिरा र ट्याक्टर आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएकाे छ।