दल दर्ताका लागि आयाेग जाने राप्रपाकाे पूर्वनिर्धारित कार्यक्रम स्थगित
दल दर्ताका लागि निर्वाचन आयाेग जाने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे पूर्वनिर्धारित कार्यक्रम स्थगित भएकाे छ।
राप्रपा-राप्रपा संयुक्त बीच एकतापछि निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्बन्धमा छलफल बाँकी रहेकाले बुधबार आयोग जाने पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको हाे।
पार्टी एकता जोगाउने, हिन्दुराष्ट्र र राजसंस्था सहितको पार्टीको पहिचान पनि जोगाउने साझा चिन्ताका विषय रहेकाे नेता माेहन श्रेष्ठले बताएका छन्।