रातो मछिन्द्रनाथको रथाराेहण साउन १० गते शनिबार गरिने

रातो मछिन्द्रनाथको रथाराेहण साउन १० गते शनिबार गरिने

रातो मछिन्द्रनाथको जात्राका लागि रथाराेहण साउन १० गते हुने भएकाे छ।  वर्षा र सहकालका देवताका रूपमा रहेको रातो मछिन्द्रनाथको रथाराेहण लकडाउनका कारण पछि सरेको थियाे।

साउन १० गते १२ बजेर ५ मिनेटमा रथाराेहणकाे साइत जुरेकाे गुठी संस्थानले जनाएकाे छ।

मछिन्द्रनाथको मूर्तिलाई पाटन ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु हुने प्रचलन छ। 

गुठी संस्थान शाखा कार्यालय ललितपुरले यसअघि असार २४ गते रथाराेहण गर्ने तिथि तय गरेकाे थियाे। तर काेराेना महामारीका कारण राेकिएकाे थियाे।

ललितपुरका विभिन्न ठाउँमा रथको परिक्रमा गराउँदै जावलाखेल ल्याएर भोटो देखाएपछि रातो मछिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ।

भोटो देखाउनका लागि शुभसाइत हेर्नुपर्ने हुन्छ। यो उपत्यकाको सबैभन्दा लामो जात्रा पनि हो।


Leave a Reply

Your email address will not be published.