लुम्बिनी कक्रहवाको महुबारी सडक खण्ड डुबानमा

लुम्बिनी कक्रहवाको महुबारी सडक खण्ड डुबानमा

तीन दिनदेखि परेको वर्षाका कारण लुम्बिनी कक्रहवा सडक खण्डको सानो महुबारी डुबेको छ। सडक पानीले डुबेपछि उक्त सडक भएर आवतजावत गर्न समस्या भएको छ।

वर्षातले लुम्बिनीबाट बगेर जाने तेलार र कोठी नदी भरिएपछि उक्त सडक खण्ड डुबेको र आवतजावतमा कठिनाइ भएको लुम्बिनीका स्थानीय स्थानीय वीरेन्द्र मिश्रले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा १३ कालीदहको उत्तरतर्फ, ओढबलियाको पश्चिमतर्फ, वडा ४ सानो महिलबारीको पूर्वतर्फ,  अमारी गाउँको दक्षिणतर्फ वडा नम्बर १ भगवानपुरको दक्षिण-पश्चिमतर्फ कृषकहरूले लगाएको धान बाली डुबान भएको छ ।

रोपाइँ गरेको धान बाली डुबान भएपछि किसान चिन्तित भएका छन्। 


Leave a Reply

Your email address will not be published.