निकुञ्जले चेपाङ बस्तीको उठिबास लगाइदिएपछि फेकोफनले भन्यो- मानवीय संवेदनाको पराकाष्ट

निकुञ्जले चेपाङ बस्तीको उठिबास लगाइदिएपछि फेकोफनले भन्यो- मानवीय संवेदनाको पराकाष्ट

चितवन राष्ट्रिय निकुञ्जले माडीकाे कुसुमखोलामा रहेको चेपाङ बस्ती साउने झरीमा भत्काएर उठिबास लगाइदिएपछि तीव्र आलोचना भएको छ।

वन क्षेत्र अतिक्रमण गरी बसेको भन्दै निकुञ्जले साउन ४ गते चेपाङ बस्तीका ८ घर हात्ती लगाएर भत्काएको थियो, भने दुई घरमा आगो लगाइएको थियो। 

यो घटनालाई सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले मानवीय समवेनाको पराकाष्ट भनेको छ।

फेकोफनका अध्यक्ष भारती पाठकले विज्ञप्ति जारी गरी भनेकी छन्, ‘विगत २३ वर्षदेखि सो क्षेत्रमा बस्दै आएका चेपाङ समुदाय भूमिहीन अवस्थामा छन्। यस्तो मध्य वर्षायाममा देशव्यापी रुपमा ठूलो जनधनको क्षति भइरहेको र उनीहरुलाई समेत व्यवस्थापन गर्नुपर्नेमा विपन्न वर्गलाई यसरी उठाउनु मानवीय समवेदनाको पराकाष्ट हो।’

महासंघले यस घटनामा संलग्नलाई तत्काल कारबाही गरी चेपाङ बस्तीकाे पुनर्स्थापना गर्न सरकारसँग माग गरेको छ।
 
 सम्बन्धित समाचार-‘हात्ती चढेर आर्मी आए अनि घरमा आगो लगाइदिए’


Leave a Reply

Your email address will not be published.