नेपालमा सुनचाँदीको भाउमा रेकर्ड कायम

 नेपालमा सुनचाँदीको भाउमा रेकर्ड कायम

नेपालमा सुनचाँदीको मूल्यले रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँ बढेको छ। प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ।

 महासंघका अनुसार नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि साउन १ गते र मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार सात सय थियो। जबकि   सोमबार ९२ हजार ३ सय थियो।

यसैगरी, चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ।

मंगलबार प्रतितोला एक हजार ४० रुपैयाँमा किनबेच चाँदीको भाउ बुधबार प्रतितोला एक हजार एक सय ३५ रुपैयाँ पुगेको छ।  चाँदी सोमबार प्रतितोला एक हजार रूपैयाँमा कनिबेच भएको थियो। 


Leave a Reply

Your email address will not be published.