तीज गीत ‘गण्डकी बग्यो सली सली’ बजारमा

तीज गीत ‘गण्डकी बग्यो सली सली’ बजारमा

गीतकार बसन्त थापा, सर्जक प्रल्लाद सुवेदी र निर्देशक सुनील क्षेत्रीको सहकार्यमा तीज गीत 'गण्डकी बग्यो सली सली' बजारमा आएको छ।

गायिका मीना निरौलाको स्वर रहेकाे गीतको शब्द प्रल्लाद सुवेदीले कोरेका हुन्।

गीतमा वसन्त थापाको संगीत र आशिष अविरलको संगित संयोजन छ।

जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त गीतको भिडियोमा मोडल अञ्जली अधिकारीलाई देख्न सकिन्छ।

सुनील क्षेत्रीको निर्देशनमा तयार पारिएको भिडियोको छायाङ्कन अजय रेग्मीले गरेका हुन्।

भावगंगा डिजिटल प्रालि म्युजिक कम्पनीले सार्वजनिक गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन्।


Leave a Reply

Your email address will not be published.