नेपालमा काेराेना संक्रमणबाट विदेशी नागरिकको मृत्यु

नेपालमा काेराेना संक्रमणबाट विदेशी नागरिकको मृत्यु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मंगलबार अस्पताल भर्ना भएकी ४८ वर्षीया चिनियाँ महिलाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोखरेलले आयाेमेललाई बताए। 

आज बिहान उपचारकै क्रममा उनको मृत्यु भएको डा‌. पोखरेलको भनाइ छ।

उनी मुटु रोगी रहेको डाक्टर पोखरेलले जानकारी गराए। मृतक महिलालाई ग्रान्डी अस्पतालबाट शिक्षणमा ‘रिफर’ गरिएको थियो।

ग्रान्डी अस्पतालमै हुँदा उनमा संक्रमण पुष्टि भएको थियो। अहिले उनको शव अस्पतालमै राखिएको छ। र, शवको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नेपालस्थित चिनियाँ दूतावाससँग छलफल भइरहेको छ।

नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।


Leave a Reply

Your email address will not be published.