नेप्सेमा साढे १७ अंकको गिरावट, १५३ करोडको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार १.२१ प्रतिशत अर्थात् १७.५० अंकले गिरावट आएको छ। कारोबार १४३२.४४ अंकमा पुगेर बन्द भएको हो।
बजारमा १ सय ८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता सेयर कारोबार भयो।
जुन ३८ हजार ९ सय ३८ पटक कारोबार भएको थियो । कूल कारोबार १ अर्ब ५३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
१२ उपसमूहमध्ये १० वटाको परिसूचक घटेको छ। होटल र म्युचल फण्ड उपसमूह वृद्धि भएको छ। होटल उपमसमूहको परिसूचक ८.९९ प्रतिशत र म्युचल फन्डको परिसूच
क ०.०६ प्रतिशतले बढेको हो।
बुधबार ओरियन्टल (¥याडिसन) होटल, तारागाउँ (हायात) होटल र सोल्टी होटलको सेयर मूल्य बढ्दा सर्किट ब्रेक लागेको थियो। ओरियन्टल, तारागाउँ र सोल्टीको सेयर मूल्य क्रमशः १०, ९.९४ र ९.४९ प्रतिशतले बढेको हो।