लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीमा रहेको लम्कीचुहा नगरपालिकामा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।
अख्तियार कञ्चनपुरले बुधबार अपराह्न नगरपालिकाबाट आवश्यक कागजात नियन्त्रणमा लिएको हो।
अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालका अनुसार नगरपालिकाले गत आर्थिक वर्ष ०७६/०७७ को मिति राखेर साउनमा चेक काटिरहेको खबर आएपछि कागजात नियन्त्रणमा लिइएको हो।