कोरोनाको जोखिम टरिसकेको छैन: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको जोखिम टरिनसकेकाले स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आह्वान गरेकी छन्।
सरकारले गत चैतदेखि लागू गरेको लकडाउन मंगलबार मध्यरातिदेखि अन्त्य गरिसकेको छ।
यो अवस्थामा राष्ट्रपति भण्डारीले बुधबार माइक्रोब्लग ट्वीटरमा भनेकी छन्, ‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन। तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु।’
जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।
— Bidya Devi Bhandari (@PresidentofNP) July 22, 2020
यसैगरी, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले 'लकडाउन अन्त्य गरिए पनि कोभिड-१९ संक्रमणको खतरा अन्त्य भयो भनिएको होइन’ भनेका छन्।
उनले पनि ट्वीट गर्दै भनेका छन्, ‘त्यसैले यस सम्बन्धी स्वास्थ्य प्रोटोकलहरुको पालना सहित आवश्यक सावधानीमा उचित ध्यान दिऔं।’आजबाट 'लकडाउन' अन्त्य गरिएको छ।तर कोभिड-१९ संक्रमणको खतरा अन्त्य भयो भनिएको होइन।त्यसैले यस सम्बन्धी स्वास्थ्य प्रोटोकलहरुको पालना सहित आवश्यक सावधानीमा उचित ध्यान दिऔं ।
आजबाट 'लकडाउन' अन्त्य गरिएको छ।तर कोभिड-१९ संक्रमणको खतरा अन्त्य भयो भनिएको होइन।त्यसैले यस सम्बन्धी स्वास्थ्य प्रोटोकलहरुको पालना सहित आवश्यक सावधानीमा उचित ध्यान दिऔं ।
— NKShresthaPrakash (@nksthaprakash) July 22, 2020