चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न अमेरिकाको ७२ घण्टे अल्टिमेटम

चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न अमेरिकाको ७२ घण्टे अल्टिमेटम

अमेरिकाले टेक्ससस्थित हस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास शुक्रबारसम्म बन्द गर्न चेतावनी दिएको छ।

अमेरिकाले आफ्नो देशको बौद्धिक सम्पत्तिको सुरक्षाका लागि महावाणिज्य दूतावास बन्द गराउन बाध्य भएको जनाएको छ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वाइबिनले अमेरिकाको उक्त कदम अपमानजनक र अनुचित निर्णय भएको बताएका छन्।
अमेरिका–चीनबीच तनाव चुलिएका बेला अमेरिकाले ७२ घण्टाभित्र महावाणिज्य दूतावास हटाउन भनेपछि चीनले पनि आफू चुप लागेर नबस्ने बताएको छ।

‘अमेरिकाले एकपक्षीय रूपमा भड्काउपूर्ण र अपमानजनक व्यवहार गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेको छ, यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौता विपरीत हो,’ प्रवक्ता वाङले भनेका छन्।

चीन–अमेरिकाबीच पछिल्लो समय कोरोना भाइरस र व्यापारलाई लिएर वाकयुद्ध चलिरहेको छ। 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई बारम्बार अदृश्य चिनियाँ भाइरस भन्दै आइरहेका छन्। साथै चीनले हङकङमा

लगाएको सुरक्षा कानुनलाई लिएर पनि दुवै देशबीच विवाद बढ्दै गएको छ।

अमेरिकाका हस्टन राज्य विदेश विभागका प्रवक्ता मोर्टन ओर्टागसले अमेरिकीको बौद्धिक सम्पत्ति र निजी सूचना जोगाउन महावाणिज्य दूतावास बन्द गर्नुपरेको बताएका छन्।

अमेरिकाको विरोध गर्दै चीनले आफ्नो देशलाई कलंक लगाउने काम गरेको जनाएको छ।

चीनले अमेरिकालाई आफ्नो निर्णयप्रति पुनर्विचार गर्न आग्रह गर्दै निर्णय नसच्चिए आफू पनि कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिएको छ।
–बिबिसीबाट अनुवादित 
 


Leave a Reply

Your email address will not be published.