चुरे गाउँपालिकाका सव-इन्जिनियर २० हजार घुससहित पक्राउ
कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यर्त सव-इन्जिनियर चन्द्रदेव भट्ट घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार २० हजार घुसहित रंगेहात पक्राउ गरेको हो।
सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपछि पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मूल्यांकन गरिदिएबापत घुस मागिरहेको सूचनाका आधारमा उनलाई आयोगको कञ्चनपुरस्थित टोली पक्रन गरेको थियो।
घुस लिइसकेको अवस्थामा भट्टलाई धनगढी उपमहानगरपालिका-१ शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।