टीभीएस  र लायन्स क्लब काठमाडौं समर्पणको सहकार्यमा मास्क वितरण

टीभीएस  र लायन्स क्लब काठमाडौं समर्पणको सहकार्यमा मास्क वितरण

जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पणको सहकार्यमा निःशुल्क मास्क वितरण गरिएको छ।

कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार, यातायात कार्यालय, असन, बसन्तपुर, कलंकी, पाटन दरबार क्षेत्रमा मास्क वितरण गरिएको हो। नि:शुल्क मास्क वितरण अफियान स्पताहव्यापी रुपमा चलाइने बताइएको छ।

यस अभियान अन्तर्गत ४ हजार थान मास्क सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको थियो। अभियानमा मास्क वितरण सँगसँगै सर्वसाधारणलाई मास्क लगाउने उचित तरिका, मास्क लगाउँदा कोरोना भाइरसबाट बच्ने ज्ञानका साथै भिडभाडमा सामाजिक दूरी कसरी कायम गर्ने, हात धुने लगायतका जनचेतनामूलक जानकारीहरू पनि प्रदान गरिएको थियो। 

जगदम्बाका अध्यक्ष दिपककुमार अग्रवालले भन्नुभयो कोरोनाबाट बच्ने सबैभन्दा सजिलो उपाय स्वंयम सजग रहेर माक्सको प्रयोग गर्नु भएकाले आफूहरूले माक्स बितरण गरिएको बताए।

लायन्स क्लबका अध्यक्ष दीपक बसन्तले अभियानमा सहभागी हुँदा झण्डै ९५ प्रतिशत मानिसहरू अझै बिना मास्क हिँड्ने गरेको पाइएको बताए। उनले माक्सको सुरक्षाका बारेमा सबेलाई जानकारी गराइएको बताए।


Leave a Reply

Your email address will not be published.