ओलम्पिक कमिटीकाे कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य

ओलम्पिक कमिटीकाे कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य

नेपाल ओलम्पिक कमिटी (आईओसी) ले बुधबार उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेको छ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टण्डनले राजवैद्यलाई नियुक्तिको पत्र प्रदान गरेका हुन्। एनओसीले  कार्यकारी निर्देशक नियुक्त गरेको यो पहिलोपल्ट हो।

एनओसीको विधानअनुसार ३७ धाराको उपधारा १ अनुसार कार्यकारी बाेर्डले कार्यकारी निर्देशक नियुक्त गरेकाे हाे। अब यो जिम्मेवारीमा रहेर राजवैद्यले एनओसीका नियमित सबै प्रशासनिक काम सम्हाल्नेछन् । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष उनी २०४६ देखि टेबलटेनिस संघमा आवद्ध भएर काम गरिरहेका छन्।

सन् २०१९ मा भएको एनओसीको चुनावबाट उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । नेपालमा एमबीए पढाइको पहिलो पुस्ताका विद्यार्थी रहेका उनी सन् १९८५ मा उत्तीर्ण भएका थिए। 


Leave a Reply

Your email address will not be published.