किशोरीलाई करणी गर्ने एक जना पक्राउ
एक किशोरीलाई पत्रिकाको ग्रहक बनिदिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
२०७६ जेठ २७ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ४ मध्यपुर अस्पताल अगाडि मासु पसल गर्ने राजेश भण्डारीले पत्रिकाको ग्राहक बन्ने क्रममा १७ बर्षीय किशोरीलाई निजको कोठामा लगी डर धम्की देखाइ जबरजस्ती करणी गरेका थिए।
निजले जबरजस्ती करणी गरे पश्चात ती युवती गर्भवती भएकी थिइन्। २०७६ माघ २६ गते छोरा जन्माएकी ती किशोरीले २०७७ असार १४ गते भण्डारीविरुद्ध महानगरीय प्रही वृत्त ठिमीमा जाहेरी दिएकी थिइन्।
सर्वोच्च अदालतको निर्णय अनुसार जबरजस्ती करणी मुद्दाको एक बर्षे हद म्याद बाकी नै रहेको हुँदा मुद्दा दर्ता गरी निज अभियुक्त राजेश भण्डारीलाई खोजतलास गर्दा २०७७ साउन ६ प्रहरीले पक्राउ गरेको थियो।