चोरी मुद्दामा फरार अभियुक्त पक्राउ

चोरी मुद्दामा फरार अभियुक्त पक्राउ

चोरी मुद्दामा फरार अभियुक्त राम बहादुर भनिने कृष्ण बहादुर प्रधान पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक नाग्रेगगर्चे रुपकोट घर भई हाल भक्तपुर नगरपालिका- २ बस्ने राम प्रधानलाई आज प्रहरीले प्रक्राउ गरेको हो। 

चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७४ चैत्र १५ गते ६ बर्ष ९ महिना २५ दिन कैद र ७४ हजार एक सय ९० रुपैयाँ जरिवाना फैसला गरिएको थियो। फैसलापछि फरार रहेका उनलाई भक्तपुर प्रहरी परीसरको टोलीले पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published.