रुपन्देहीमा च्याउ खोज्न गएकी बालिका बलात्कृत
रुपन्देहीको सैनामैना नगरपालिका- १ रानिकुवाकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही गाउँका ५० वर्षीय पुरुष रहेका छन्। उनको नाम भने प्रहरीले खुलाएको छैन।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असार २४ गते दिउँसो ति पुरुषले जवरजस्ती करणी गरेका थिए। बालिका च्याउ खोज्न जंगल गएको समयमा उक्त घटना घटेको प्रहरीको भनाइ छ।
घटनाको जानकारी साउन ७ गते बुधबार आएपछि ति पुरुषलाइ इलाका प्रहरी कार्यालय, रन्यौराको सहयोगमा नियन्त्रणमा लिइएको हो। बालिकाको स्वास्थ्य परीक्षणका लागि इलाका प्रहरी कार्यालय बुटवलमा लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खडक बहादुर खत्रीले जानकारी दिए।