सनराइज बैंकले ९.९५५ मै सरल एसएमई कर्जा दिने
साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यका साथ सनराइज बैंकले 'सन्राइज सरल एसएमई कर्जा' ९.९५५ वार्षिक ब्याज दरमा दिने जनाएको छ।
उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ घन्टामै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको जनाएको छ।
यस व्यवस्था अन्तर्गत ग्राहकले एक करोडसम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन्। बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले निशुल्क क्रेडिट कार्डको सुविधा पाउने व्यवस्था मिलाएको छ।
यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १ सय ३४ शाखाहरूबाट ग्राहकले लिन सक्नेछन्।